दफा २०
मापदण्डमा समावेश गर्न सकिने विषय
(१) कुनै विषयको गुण वा स्तर मापन वा व्यवस्थित गर्न आवश्यक भएमा मापदण्ड बनाउन सक्ने गरी सङ्घीय ऐनबाट अधिकार प्रत्यायोजन गर्न सकिनेछ।

(२) उपदफा (१) बमोजिमको मापदण्ड बनाउँदा कुनै कुराको गुण, स्तर, मात्रा, तौल, उचाई वा मूल्य तोक्ने, सोको आधार कायम गर्ने, एकरूपता कायम गर्ने वा व्यवस्थित गर्ने बाहेकका विषय त्यस्तो मापदण्डमा समावेश गर्नु हुँदैन।